जर्मनीबाट एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै
सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गरेको सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ ।
नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि सौर्य ‘ग्रिड’ विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिँचाइको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ ।
साथै सुदूरवर्ती क्षेत्रमा लघुग्रिडका माध्यमबाट भरपर्दो स्वच्छ ऊर्जा उपलब्ध गराइने छ । अनुुदान सहयोगको प्राविधिक पक्षले सार्वजनिक र निजी क्षेत्रका स्वच्छ ऊर्जासम्बन्धी परियोजना कार्यान्वयनमा टेवा पुर्याउने तथा वित्तीय सहायताको पाटाले लगानीका निम्ति भरथेग गर्नेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस