नेपालगन्जमा कुटिए वडाध्यक्ष
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष कैफुवरा जोलहा माथि कुटपिट भएको छ । कुटपिटबाट घाईते भएका जोलहालाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको छ भने उनको टाउको र पिठ्युँमा चोट लागेको छ ।
मोहम्मद अहमद हल्वाईले अध्यक्ष जोलाह माथि हेल्मेट प्रहार गरी आक्रमण गरेका हुन् । नागरिकताको प्रतिलिपिका लागि सिफारिस दिन २ दिन देखि आलटाल गर्दै आएको भन्दै मोहम्मदले वडाध्यक्षमाथि आक्रमण गरेका थिए । अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
कुरा नबुझ्दै एकाएक आएर हेल्मेट प्रहार गरि घाईते बनाएको र आफूलाई मार्ने नियत राखेर हेल्मेट प्रहार गरी आक्रमण गरेको वडाध्यक्षले बताएका छन् ।
वडा अध्यक्ष जोलाहले जन्म दर्ता देखि बिभिन्न सिफारिसका लागि जनतालाई दुःख दिदै आएका थिए । स्थानीयहरुका अनुसार ‘कानुन बमोजिम सिफारिस गर्ने अधिकार हुँदा हुदै पनि सिफारिस नदिएपछि आक्रोशित भएर आक्रमण भएको हो ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस