दीपाश्री निरौला र सरोज खनालको फेसबुक ‘ह्याक’
निर्देशक एवं कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ । बिहीबार दिउँसो कलाकार दीपकराज गिरीले उनीहरूको फेसबुक ह्याक भएको जानकारी दिए ।
दीपाश्री निरौलाका अनुसार पहिला सरोज खनालको फेसबुक ह्याक भएको र सोहीमार्फत ह्याकरले दीपाश्रीको फेसबुक ह्याक गरेको हो ।
सरोज खनालको फेसबुकबाट एउटा कोड पठाउन अनुरोध भएपछि आफूले कोड पठाएको र त्यसलगत्तै फेसबुक ह्याक भएको निर्देशक निरौलाले बताएकी छिन् ।
निरौलाका अनुसार ह्याक भएको फेसबुकमार्फत पैसाको माग भइरहेको छ । कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा एक स्टाटस राख्दै ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस