हुम्लामा छ दिनपछि इन्टरनेट सेवा

हुम्लामा छ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट आजदेखि सञ्चालनमा आएको छ । कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा छ दिनदेखि अवरुद्ध बनेको सेवा मर्मतपछि आजबाट पुनः सञ्चालन भएको छ ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्कामा परेका सेवाग्राहीलाई सहज भएको छ । महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको थियो । प्राविधिक टोलीले महावु पुगेर मर्मत गरेर आजबाट सो सेवा सञ्चालनमा आएको नेपाल टेलिकम शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ । हुम्लामा ८६ ल्यान्डलाइन टेलिफोन लाइनबाट इन्टरनेट सेवा प्रदान गरिएको छ । टेलिकमको नमस्ते र सिडिएमए सेवामा पनि आवाज नसुनिने समस्या देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस