ग्यास सिलिन्डर पड्कँदा घाइते भएका बस्नेतको मृत्यु
गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको छ । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
दोलखा सैलुङका घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोटमा बस्ने ३९ वर्षीय टीकाराम सोही होटेलका मालिक हुन् । ग्यास सिलिन्डर पड्कँदा घाइते भएकामध्ये गम्भीर घाइते राजेन्द्र कार्की र गीता कार्कीको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको र अन्य घाइते आदित्य सुवेदी, विकास पौडेल, हिमुन्स थापाको अवस्था सामान्य रहेको तथा उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस