• जीवनशैली | Jiwanshaili
  • कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन


    कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति निधन भएको हो । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

    मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

    कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस