दुर्घटनामा एकको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–४ पनसेरामा आज पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको ज्वालामुखी गाउँपालिका–४ का ३८ वर्षीय चामबहादुर रानामगर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१५ प २५६५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा २० च २१५९ नम्वरको महिन्द्रा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि लहानतर्फ पठाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस