दुर्घटनामा तीनको मृत्यु
चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।
ना५ख २१५० नं को बस र ना४०प ७०८२ नं को स्कुटर एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर–६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार सोही स्थान बस्ने मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको थापाले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस