धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान होस् मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको बताउनुभएको छ । फागु पूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको उल्लेख गरका छन् ।
“रङहरुको पर्व फागु पूर्णिमा अर्थात् होलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको छ । त्यसो त धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो । यसले नै सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा जोडेको छ । यही एकताको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै आज हामी सबैको प्राथमिक दायित्व हो”, मुख्यमन्त्री पौडेलको सन्देशमा उल्लेख छ ।
पौडेलले कोरोना महामारीको सम्भावित दोस्रो लहरका कारण यस वर्षको होली विगतको जस्तो गरी मनाउन सकिने अवस्था नरहेको उल्लेख गरेका छन् । उनले आवश्यक सावधानीसहित आफ्नो घर परिवारमा सीमित भई होलीपर्व मनाउन अनुरोध गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा यस पर्वले थप उत्साह एवं उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस