म्यानमार आन्दोलनः शनिवारको सैनिक दमनको राष्ट्रसंघ,अमेरिकालगायत विश्वसमुदायद्वारा दुःख व्यक्त
म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् । यसै शिलशिलामा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनाप्रति राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेस, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, ब्रिटिश विदेशमन्त्री डोमिनिक राबलेलगायतका अन्य मुलुकको नेतृत्वले दुःख व्यक्त गरेको छ ।
घटनापछि अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन ‘मर्माहत’ भएको बताउनुभएको छ । उनले भने,“शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवनमाथि कसरी धावा बोल्छन् भन्ने प्रष्ट भएको छ । साहसी मानिसहरूले सैनिकहरूले आतङ्कित पारेर शासन गर्ने सोचको अस्वीकार गर्दै भएको प्रदर्शनमा नागरिकहरू मारिनु दुखद् हो ।” म्यानमारस्थित अमेरिकी दूतावासले यसअघि नैसुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो ।
शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य ‘कू’ पछिको सबभन्दा बढी मानिस मारिएको वा घाइते भएको दिन भनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । शनिबार एक सयभन्दा बढी मानिस मारिएको बताइएको छ । अमेरिकी दूतावासले त्यसअघि सुरक्षा फौजले ’निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो । शनिबारको सैनिक दमनपछि पनि राजधानी याङ्गुनका सडकमा टायर बाल्दै प्रदर्शनकारी सशक्त रूपमा सेनाको ‘अप्रजातान्त्रिक’ कदम र त्यसपछिका निरन्तर अभ्यासहरूको प्रतिकार गरिरहेका छन् ।
सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको बताइएको छ । राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले ९१ जना मारिएको जनाएको छ । यद्यपि स्थानीय सञ्चारमाध्यमले उक्त सङ्ख्याभन्दा धेरै व्यक्ति हताहत भएको जनाएका छन् । म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको बीबीसीले जनाएको छ । आङ सान सु चीको दल ‘नेशनल लिग फर डेमोक्रेशी’ले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको र सेनाको उक्त कदम अप्रजातान्त्रिक भएको प्रदर्शनकारीहरूले बताउँदै देशमा प्रजातन्त्रलाई पुनः स्थापित गर्नु नै आफूहरूको निर्दिष्ट लक्ष्य भएको बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस