• जीवनशैली | Jiwanshaili
  • होलीमा छ्यापेको एसिडले तीनजना घाइते


    होली खेल्ने क्रममा मा एसिड छ्याप्दा शंखरापुर नगरपालिका-१ मा तीनजना घाइते भएका छन् ।

    होली खेल्दा खेल्दै एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न भएको आरोपमा १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस