• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप १४१ जनामा कोरोना भाइरस संक्रमण


    नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको हो ।

    मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ५०, ललितपुरमा ७ र भक्तपुरमा थप १ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।

    त्यस्तै सोही अवधिमा मुलुकका विभिन्न अस्पताल थप ८२ संक्रमित कोरोनामुक्त भएका छन् । योसहित हालसम्म दुई लाख ७२ हजार ६१२ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा नेपालमा कोरोनाका कारण कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार २७ संक्रमितको मृत्यु भएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस