नेपालमा थप १४१ जनामा कोरोना भाइरस संक्रमण
नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ५०, ललितपुरमा ७ र भक्तपुरमा थप १ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।
त्यस्तै सोही अवधिमा मुलुकका विभिन्न अस्पताल थप ८२ संक्रमित कोरोनामुक्त भएका छन् । योसहित हालसम्म दुई लाख ७२ हजार ६१२ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा नेपालमा कोरोनाका कारण कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार २७ संक्रमितको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस