सालको काठसहित चार पक्राउ
गोरखाको पालुङटार नगरपालिका–१० बाट अवैध सालको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय जोगीहिडीस्थित श्री पालुङगैरा सामुदायिक वनबाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा ना६त ५८६३ नम्बर ट्याक्टरसहित आज उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० जोगीडिहीका २५ वर्षीय अनिल लामा, २५ वर्षीय सुनिल लामा, ३० वर्षीय सोनाम लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का २९ वर्षीय सुजन सुनार रहेका छन् । ट्याक्टरमा राखेर अवैध रुपमा विक्रीका लागि राखिएको साल जातको काठ विभिन्न साइजको गोलिया १० थान र चिलाउने जातको विभिन्न साइजको गोलिया दुई थान बरामद गरिएको उनले जानकारी दिए ।
पक्राउ परेका सबैलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोरखामा बुझाइएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस