छाडेकी श्रीमतीलाई १ सय २८ पटक चक्कुले हानेपछि झुण्डिएर आत्महत्या
श्रीमान्को अर्को महिलासँगको सम्बन्ध पत्ता लागेपछि श्रीमतीले श्रीमान्को साथ छोडिदिएकी थिइन् । तर उनलाई थाहा थिएन की श्रीमान्लाई छाडेपछि श्रीमान्को घर छेउ जान उनलाई यति महंगो पर्छ भन्ने ।
श्रीमान्ले जब श्रीमतीलाई आफ्नो घर छेउ देखे चाकूले श्रीमतीमाथि आक्रमण गर्न थाले । र अन्तिममा आफूले झुण्डिएर आत्महत्या गरे ।भारतको कोलकताको हुगली बजार थानाका अनुसार माइतीमा बसिरहेकी नर्स रगतको नमूना लिन श्रीमान्को घर भएको ठाउँमा पुगेकी थिइन् ।अचानक श्रीमान्ले उनलाई देखे र रिसले चुरचुर भए । श्रीमान्ले आफनी श्रीमतीलाई घेरेर चक्कुले हान्न थाले ।
उनले श्रीमतीलाई १ सय २८ पटक चक्कुले हाने र त्यहाँबाट भागेर कोठामा ढोका थुनेर बसे । कोठामा उनले झुण्डिएर आत्महत्या गरे ।आरोपी श्रीमान् राजु मण्डलकी श्रीमती रिन्कु मण्डल माइतीमै बस्थिन् । राजुले माछाको व्यापार गर्थे ।
रिन्कु निजि ल्याबमा काम गर्थिन । राजुको त्यसै क्षेत्रकी एक महिलासँग प्रेमसम्बन्ध थियो ।यसबारे रिन्कुले थाहा पाएपछि घरमा झगडा हुन थाल्यो । राजुले आफ्नो व्यवहारमा सुधार नगरेपछि रिन्कुले श्रीमान्लाई छाडेर माइतीमा बस्न थालिन् ।त्यसैले राजुले रिन्कुलाई घृणा गर्न थालेका थिए । रिन्कु माइतीमा खुशी थिइन् । सोमबार उनी रगतको नमूना लिन पति राजुको घर नजिक गएकी थिइन् ।
राजुले उनलाई देखेपछि रिसले चाकुले हान्न थाले । महिलालाई कोहीले बचाउन पनि सकेनन् ।राजुले हानेको चाकुले रिन्कुको शरीरमा करिब १ सय २८ ठाउँमा गम्भीर घाउ भएको थियो । यसपछि राजु डराएर आफ्नो घर गएर कोठा बन्द गरेर झुण्डिएर आत्महत्या गरे ।
घाइते महिललाई उपचारको लागि अस्पताल पुर्याइएको छ । उनको उपचार भैरहेको छ । उनी जीवन र मृत्युसँग लडिरहेकी छिन् ।यस घटनाको सूचना पाए लगतै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले राजुको शवलाई पोष्टमार्टमकालागि अस्पताल पुर्याएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस