अब गुगल फोटोजमै भिडियो एडिटिङ गर्न सकिने
गुगलले पहिला नै आईओएसका लागि भिडिओ एडिटिङ टुल ल्याएको थियो भने अब एन्ड्रोइडका लागि पनि थप एडभान्स्ड फिचरसहित भिडिओ एडिटर ल्याउन लागेको छ ।
गुगल फोटोजको नयाँ भर्सन ५.३५ सार्वजनिक भएलगतै यो फिचरको अनुभव लिन पाइने भएको छ । गुगल फोटोजले भिडियो एडिटिङका लागि पनि टुलहरु उपलब्ध गराउन लागेको हो । यसमा आउने नयाँ अपडेटमा भिडियो एडिटिङका धेरै टुलहरु उपलब्ध हुने बताइएको छ ।
यस्ता छन् नयाँ फिचरहरुः
गुगल फोटोज अपडेटले तपाईंलाई पोर्टेबल प्रिमियर प्रो वा उत्कृष्ट वर्कस्टेसन त प्रदान गर्दैन । तर स-साना त्रुटि भएका भिडियो हरुलाई सम्पादन गर्न भने यो एकदमै उपयोगी रहेको छ ।
आफ्नो चाहनाअनुसार भिडियोलाई घुमाउन वा बङ्ग्याउन सकिनेछ भने भिडियोलाई मार्किङ गर्न पनि सकिन्छ । ट्युटोरियल बनाउँने हो भने यसमा फिल्टर र स्टिकर पनि राख्न मिल्छ ।
यसमा सबैभन्दा प्रोफेसनल ग्रेड टुल भनेको ब्राइटनेस मिलाउन सक्ने क्षमता छ र भिडियोको लुक्सलाई सुधार्न स्याचुरेसन, हाईलाइट्स जस्ता धेरै कलर सेटिङहरु यसमा छन् । यसका साथै एक्सडीए डेभलपर्सको अनुसार क्लिप भिडियोलाई स्टेबलाइज गर्न पनि यो एकदमै उपयोगी छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस