• जीवनशैली | Jiwanshaili
  • कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको मृत्यु


    कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको मृत्यु भएको छ ।  गाउँपालिकाका अनुसार रावलको मंगलबार बिहान काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित रावललाई कोहलपुर मेडिकल कलेजबाट ‍थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनलाइ चार दिनअघि ब्रेन हेमरेज भएको पारिवारिक स्रोरतले जनाएको छ ।

    केहि समय पहिला रावल एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस