नेपाली गेम लुडोले पुरा गर्यो ५ करोड डाउनलोड
नेपाली युवाहरुद्धारा निर्मित लुडो एपले हालसालै ५ करोड डाउनलोड पुरा गरेको छ ।
करिब ३ वर्षअघि बनेको यो एपमा करिब २ करोड सक्रिय तथा नियमित प्रयोगकर्ता रहेका छन् । जसमध्ये सबैभन्दा धेरै भारतमा रहेको लुडो निर्माता कम्पनी यार्सा गेमका सहसंस्थापक एनजे सुवेदीले जानकारी दिए ।
‘अहिले भारतमा मात्रै लुडोको डाउनलोड दुई करोडभन्दा बढी भएको सुवेदिले जानकारी दिए । ‘नेपालमा १० लाख र बाँकी अन्य देशको भएको उनले बताएका छन् । यार्साले लुडोसहित अहिले सम्म म्यारिज, कलब्रेक, रम्मी, धुम्मल, ड्राइभिङ स्कूल, सोलिटायर गरी हालसम्म एक दर्जनभन्दा बढी गेम बनाइसकेको छ ।
पोखरामा रहेको यो गेमिङ कम्पनीले बजारमा त्यस अघि नै रहेका गेमहरुसँग प्रतिस्पर्धा गर्दै यो सफलता हात पारेको हो । एनजेका अनुसार लुडोमा सामान्य तथा सजिलो लाग्ने यूआई यूएक्स छ र यही सरलपन धेरैले रुचाइदिनु भएको छ ।
एक्लै हुँदा होस् वा परिवार, साथीभाइमाझ हुँदा, लुडो एउटा लोकप्रिय गेम बनेको छ । गेमका प्रयोगकर्ता किशोर तथा बालबालिकाभन्दा पनि मध्यम उमेर समूहका छन् ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस