• जीवनशैली | Jiwanshaili
  • भारतीय अभिनेता अजयले कुटाई खाएको भिडियो माथि दिए स्पष्टिकरण


    सामाजिक संजालमा बलिउड नायक अजय देवगणको नाममा एक भिडियो भाइरल भैरहेको छ । भिडियोमा अजयको दिल्लीको एक पवको बाहिर झगडा भएको थियो र सो झगडाका क्रममा मानिसहरुले उनलाई कुटेको दाबी गरिएको छ ।

    अजयले लेखेका छन्, ‘यस्तो लाग्दैछ कि, म जस्तै देखिने मानिस समस्यामा परेका छन् । मलाई यो भिडियोलाई लिएर थुप्रै फोन आइरहेको छ । म स्पष्ट पार्न चाहन्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारेमा चलिरहेको कुनै पनि विवादमा म समावेश छैन, ह्याप्पी होली ।’

    अजयका प्रवक्ताले पनि मिडियामा आएको खबरलाई झुटो बताएको भारतीय मिडियाले जनाएको छ । उनले अजय विगत १४ महिनादेखि दिल्ली नगएको र हाल मुम्बइमा चलचित्र ‘मैदान, मेडे र गंगुबाई काठियाबाडी’को छायांकनमा व्यस्त रहेको पनि उल्लेख गरेका छन् ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस