टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो ।
दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिए । उनीहरुको झापामा उपचार भइरहेको छ ।
फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो । मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुछ्रे इन्जिनीयरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिए ।
मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भएको जनाइएको छ । टिप्पर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस