• जीवनशैली | Jiwanshaili
  • प्रभासले किने ६ करोडको कार


    करोडौ फ्यान फ्लोइङ भएका साउथ सुपरस्टार प्रभास कारको सौखिन हुन् । उनको ग्यारेजमा कयौं महँगो गाडीको कलेक्सन रहेको छ ।

    प्रभासको कार कलेक्सनमा सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्यान्टम, ५० लाखको बीएमडब्यु एक्स ३, ४ करोडको रेन्ज रोवर र ३० लाखको सेडान कार स्कोडा सुपर्व समेत सामेल रहेको छ ।

    प्रभासले हालै  ६ करोडको लेम्बोर्गिनी एवेन्टाडोर एस रोडस्टर कार किनेका छन् । बुबा सुर्यानारायण राजुको जन्मदिनको अवसर पारेर उनले ६ करोडको यो गाडी किनेको भरतीय सन्चार माध्यमले जनाएको छ  । प्रभासको अभिनयमा प्रवेश गरे देखि यो कार किन्ने सपना रहेको थियो जसलाइ उनले निकै मिहिनेत गरेर पुरा गरेका छन् ।

    प्रभासले हालै फिल्म ‘राधे श्याम’को सुटिङ सकाएका छन् । यसका साथै उनी ‘आदि पुरुष’ र ‘सलार’मा समेत व्यस्त रहेका छन् ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस