• जीवनशैली | Jiwanshaili
  • शुक्लाफाँटामा पाटे बाघको मृत्यु


    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

    ‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज प्रशासनमा खबर गरे’, सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘ तर राति घाइते बाघको मृत्यु भयो ।’ मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ ।

    ‘शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ’, उनले भने, ‘अहिले हामी अनुसन्धान गर्दैछौँ ।’ उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताए । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस