सहजीवनको ४० बर्षमा बाबुराम भट्टराइले गरे विवाहबारे यस्ताे खुलासा
बौद्धिक नेता बाबुराम भट्टराईको सह जीवनको ४० वर्ष पूरा भएको छ । उनले आफ्नो सहजिवनकाे ४० वर्ष पुगेको सन्दर्भमा सामाजिक सञ्जालमा पत्नि हिसिला यमी सँग गरेको खुल्ला प्रतिज्ञा सार्वजनिक गरेका हुन । उनको विवाह २०३७ साल चैत्र १७ गते भएको थियो ।
आफ्नो विवाहको सन्दर्भमा बाबुराम भट्टराई र हिसिला यमीले गरेको खुल्ला प्रतिज्ञा
हाम्रा एक अर्का प्रतिका शारीरिक मानसिक र आत्मीय लगाव सामाजिक मान्यता दिने यस घडीमा (जसलाई साधारणता विवाहको संज्ञा दिइन्छ) हामी स्वतन्त्र मस्तिष्कले प्रतिज्ञा गर्दछौँ कि हामी आफूमा निहित मानवीय शक्तिलाई विवेकपूर्ण तरिकाले प्रयोग गर्नेछौँ र हामीले मानव समाजलाई प्रगतिशील रूपले उच्च स्तर स्तरमा विकास गर्न निभाउनु पर्ने भूमिकालाई पूर्ण इमानदारीका साथ पुरा गर्ने छौ । मानव इतिहासका विभिन्न अवस्थामा समाजशास्त्रीहरुले मानवीय सम्बन्धमा घुसाएका विभिन्न खाले शोषणका माध्यमहरू जस्तै धर्म जातिवाद जनवाद अन्धविश्वास आदिलाई हामी पूर्ण रूपले नकाछौँ र लैङ्गिक विषमता देखी मुक्त र प्रत्येक सहकर्मीको वैचारिक र कार्यगत स्वतन्त्रतालाई व्यवहारिक मान्यता दिने दाम्पत्य जीवन बिताउन कृत सङ्कल्प छौँ । हामी यो विशेष प्रकारको मानवीय सम्बन्धमा आफ्नै स्वतन्त्र इच्छा र विवेकले प्रवेश गर्दछौँ र जबसम्म यसले हाम्रा आपसी आकाङ्क्षा पूर्ति गर्नेछ र हाम्रो उच्चतर व्यक्तित्वको विकासमा सघाउ पुर्याउने छ तबसम्म यसलाई अविच्छिन्न कायम राख्ने प्रतिज्ञा गर्दछौँ ।
यसको साथै आफ्नो आधादेखि पति र पत्नीको सम्बन्ध जोडिएको घोषणा गर्दछौँ ।
हिसिला यमि बाबुराम भट्टराई
मिति: १६ चैत्र २०३७

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस