अभिभावकको कठोर व्यवहारले बालबालिकाको मस्तिष्कमा असर
आमाबाबुले अक्सर बच्चाहरूलाई केही गल्ती गर्नेबित्तिकै हप्काउने र कहिलेकाहीँ कुट्ने समेत गर्दछन् । वैज्ञानिकहरूका अनुसार यसरी कठोर व्यवहार गर्दा उनीहरूको दिमागमा नकारात्मक असर पर्दछ । जसको कारणले डिप्रेसनमा जान सक्ने तथ्य बाहिर आएको छ । धरै गाली तथा कुट्पिट् गर्दा बच्चाहरूमा चिन्ता बढ्न थाल्दछ ।
बच्चाका अगाडि कडा रूपमा पेस हुनु सही मानिन्छ तर वैज्ञानिकहरूका अनुसार यसले बच्चाहरूमा नराम्रो असर पर्न जान्छ । यसले बच्चाहरूमा कस्तो प्रभाव पार्छ भन्ने बारे मोन्टेरियल र स्ट्यान्फोर्ड विश्वविद्यालयले संयुक्त रूपमा अनुसन्धान सञ्चालन गरेका छन् ।
अनुसन्धानमा २ देखि ९ वर्ष उमेरका बच्चाहरू संलग्न गराइएको थियो । आमा बुबाको गाली र कुट्पिट् पश्चात् बच्चाहरूको मस्तिष्कको स्क्यान गरिएको थियो । जस अनुसार वैज्ञानिकहरूले पत्ता लगाए कि बच्चाहरूलाई बढी गाली र कुट्पिट् गर्दा उनीहरूको मस्तिष्कको त्यो भागमा असर गर्दछ जसले भावनात्मक कुराको नियन्त्रण गर्दछ। नतिजाको रूपमा, यसले उदासीनता बढाउने गर्दछ ।
अनुसन्धानकर्ता डा सब्रिना सफरेन भन्छिन्, ‘आमाबुवाहरूको कठोर व्यवहारका कारण बच्चाहरूको विकासमा कत्तिको असर गर्न सक्छ भनेर बुझ्नु आवश्यक छ । यसको प्रभाव बच्चाहरूको सामाजिक र भावनात्मक विकासमा देखिनेछ।’ बेलायतमा बिना कुनै कारण बच्चाहरूलाई सजाय दिन बन्देज गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस