नेपालमा सार्वजनिक हुँदै ग्यालेक्सी एम६२
सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम६२ आउँदो हप्ता नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
सामसङ एक्सिनस ९ अक्टा ९८२५ चिपसेटद्धारा सञ्चालित याे फाेनमा ७००० एमएएच ब्याट्री रहेकाे छ, जसमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक रहेकाे कम्पनी स्राेतले जानकारी दिएकाे छ ।
एकपटक फुल चार्ज गरेपछि न्यूनतम ५० घण्टासम्म ब्याट्री टिक्ने यो फोनमा ६.७ इन्चकाे एमाेलेड प्लस डिस्प्ले रहेकाे छ भने ३९३पीपीआई पिक्सेल डेन्सिटी रहेको छ । फाेनकाे पछाडि क्वाड क्यामेरा सेटअप रहेकाे छ, जसमा मुख्य क्यामेरा ६४ मेगापिक्सेलकाे छ भने ३२ मेगापिक्सेलकाे सेल्फी शुटर रहेकाे छ ।
६ जीबी र्याम र ८ जीबी र्याम भेरियन्टमा उपलब्ध हुने याे फाेनकाे इन्टर्नल स्टाेरेज १२८ जीबी रहेकाे छ, जसलाई १ टीबीसम्म एक्स्पान्ड गर्न सकिने कम्पनीले जनाएको छ । यो फोन ३७ देखि ४२ हजार रूपैयाँकाे बीचमा नेपाली बजारमा भित्रिन सक्ने अनुमान कम्पनीले गरेको छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस