सामुदायिक वनभरि डढेलो
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।
त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिए ।
अहिले त्रियुगा नगरपालिकाको चुरे क्षेत्रमा लागेको डढेलो स्थानीयवासी, प्रहरी र वनका कर्मचारी मिलेर नियन्त्रण गरेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको पश्चिम चुरे क्षेत्र र दक्षिण चुरे क्षेत्रका दर्जनौँ सामुदायिक वनमा डढेलो बढ्दै गएको छ । सो आसपासका गाउँ उच्च जोखिममा छन् । डढेलो नियन्त्रणमा वनका कर्मचारी, स्थानीयवासी र प्रहरी खटिएका छन् । हावाहुरी चल्ने क्रम बढ्दै गएपछि डढेलो फैलिँदै गएको त्रियुगा नगरपालिका– २ सनुवाका कृष्ण राजधामीले बताए । जिल्लामा ३०० भन्दा बढी सामुदायिक वन छन् । चुरे क्षेत्रका सामुदायिक वन प्रायः गाउँसँग जोडिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस