मादक पदार्थको बेचविखनमा प्रतिबन्ध
दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएका हुन् ।
उनले मंगलबार राति गरेको सम्बोधनका क्रममा सो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ । यसैकारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र यहाँ पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको यहाँका अधिकारीहरुले जनाएका छन् ।
यहाँ यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँ पछिल्लो महिना दिन यतादेखि नै कोभिडको खोप लगाउने काम पनि शुरु भएको छ । चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ ।
यहाँको स्वास्थ्य सम्बन्धी निकायले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ कम्तीमा पनि १५ लाख मानिसलाई यो संक्रमण भएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ५२ हजार जना मानिसको ज्यान गएको बताइएको समाचारमा उल्लेख छ ।
पछिल्लो समयमा युरोप र अमेरिकामाजस्तै यहाँ पनि कोरोना महामारीको दोस्रो लहर आएकाले त्यसबाट बच्न होटल रेष्टुरेन्ट आदिमा पनि सीमित मानिसहरु मात्र बस्न मिल्ने गरी प्रतिबन्ध लगाइएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस