आफ्नो जिमेल कहाँकहाँ लगईन छ? थाहा पाउनुहोस् र लगआउट गर्नुहोस्
अहिले लगभग सबैजसोले जिमेल प्रयोग गर्ने समय हो । विभिन्न प्रयोजनका जिमेलले महत्वपूर्ण भूमिका निभाइहरेको हुन्छ ।
हामीलाई जिमेल जहाँसुकै जहिले पनि प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा कहिले काँहि हामी आफ्नो डिभाइसमा मात्र नभएर अन्यत्र पनि आफ्नो जिमेल अकाउन्ट लगईन गरेर लगआउट गर्न बिर्सिन्छौं ।
यस्का लागि अब भने चिन्ता लिन नपर्ने भएको छ । तपाईं जहाँ हुनुहुन्छ, त्यहिँबाट अर्को ठाउँको डिभाइसमा लगईन भएको आफ्नो जिमेल सहजै लगआउट गर्न सक्नुहुनेछ ।
लगआउट कसरी गर्ने ?
यदि तपाइँले कतै आफ्नो जिमेल अकाउन्ट खुल्लै छोड्नु भएको छ भने आफ्नो मोबाइलको सहायताले त्यस्तो डिभाइसबाट लगआउट गर्न सक्नुहुनेछ । त्यसको लागि मोबाइलको क्रोम ब्राउजरमा जानुहोस् र आफ्नो जिमेल लगईन गर्नुहोस् ।
अब बायाँ कुनामा रहेको तीन वटा तेर्सो धर्सामा थिच्नुहोस् र तलतर्फ जानुहोस् । अन्तिममा तपाईंले भ्यू जीमेल इन मोबाइल/ओल्डर भर्सन/डेक्सटप लेखिएको पाउनुहुनेछ । अब त्यसमध्ये डेक्सटपमा थिच्नुहोस् र एचटीएमएल अप्सनमा जानुहोस् । अब जिमेलको इन्टरफेस आफ्नो मोबाइलमै देख्न सक्नुहुनेछ त्यस्को तलतर्फ अन्तिममा जानुहोस् । जहाँ तपाईंले प्रयोग गरिरहेको जिमेलको जानकारी दिइएको हुन्छ । त्यसमध्ये डिटेल्समा थिच्नुहोस् ।
अब तपाईंले आफ्नो अकाउन्ट कुन ब्राउजरमा, कुन आईपी एड्रेसमा, कतिसमयसम्म एक्टिभ रहेको थियो भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ ।अहिलेको समयमा तपाईंको जिमेल कुन कुन डिभाइसमा चलिरहेको छ भन्ने कुरा जान्न चाहानुहुन्छ भने माथि रहेको सेक्युरिटी चेकअपमा दबाउनुहोस् ।
अब योर डिभाइसेसमा जानुहोस् र आफ्नो जिमेल अकाउन्ट कहाँ लगईन छ हेर्नुहोस् । सम्बन्धित डिभाइसबाट आफ्नो जिमेल अकाउन्ट साइनआउट गर्नको लागि डिभाइसको अगाडि दिइएको तीन थोप्लामा दबाउनुहोस् ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस