खुकुरी देखाई दिउसैँ राजधानीमा ६ लाख लुटपाट
काठमाडौंमा दिउसैँ खुकुरी देखाएर एक जनाबाट ६ लाख रुपैयाँ नगद लुट्ने १७ वर्षीय किशोर सहित ४ जनालाई प्रहरीले प्रकाउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित ग्लोबल जिप्याङ टुअर एण्ड ट्राभल नामक आईएमईका कर्मचारी दिपक मल्लको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट भएको हो ।
नयाँबानेश्वर बस्ने दाङ लुल्सीपुर घर भएका १७ वर्षीय किशोर लगायत ४ जनालाई नगद लुटेको आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवाले बुधबार दिउँसो पक्राउ गरेको छ । अपरिचित ब्यक्तिहरुले धारिलो हतियार खुकुरी देखाई नगद लुटी लगेको भन्ने खबर प्राप्त भएपछि जनसेवाबाट एक टोली खटिएको थियो । लुटपाटमा संलग्न उनीहरुलाई नगद ५९ हजार ७ सय रुपैयाँसहित फेला पारी पक्राउ गरि उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस