• जीवनशैली | Jiwanshaili
  • अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग सहित पानी पर्ने


    आज चैत्र २० गते शुक्रबार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ।
    हाल देशको पहाडी भुभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     

    यस्तै राती  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस