माल्दिभ्सको राजधानी मालेमा कफ्र्यु अन्त्य
माल्दिभ्सको राजधानी मालेमा लगाइएको कफ्र्यु हटाइएको छ ।
माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कफ्र्यु अन्त्य गरिएको बिहीबार जानकारी दिएको हो ।
सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कफ्र्यु हटाइएको उल्लेख छ ।
उनका अनुसार राजधानी मालेमा गत मार्च ४ देखि लगातार कफ्र्यु लगाइएको थियो । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कफ्र्यु लगाइएको पनि उहाँले सूचनामा उल्लेख गरेका छन् ।
कफ्र्यु लगाएसँगै बन्द भएका प्राथमिक विद्यालय, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पनि कफ्र्यु हटाइएसँगै पूनः सुचारु हुने भएका छन् ।
सुचारु गर्न लागिएका सेवा सञ्चालन गर्न कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने आधारभूत सतर्कता र मापदण्ड भने पालना गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सरकारले स्वास्थ्य सतर्कता निर्देशिकासमेत जारी गरेको छ ।
माल्दिभ्समा अहिलेसम्म २४ हजारभन्दा बढी मानिसमा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस