राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मेलम्चीको पानी वितरणको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको वितरणको उद्घाटन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् ।
मेलम्चीको पानीसँगै राष्ट्रपति भण्डारीले पानीको फोहोराको पनि उद्घाटन गरेकी छन् ।
शुक्रबार बिहानदेखि बालाजुस्थित रिजरभ्वायरबाट उपभोक्ताका लागि वितरण शुरू गरिएको हो ।
खानेपानी गत आइतबारबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको भएपनि औपचारिक उद्घाटन भने आजमात्र भएको हो ।
शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।
काठमाडौँको मिनभवन, अनामनगर, महांकाल, खुमलटारको पानी ट्यांकीबाट पनि पानी वितरण भएको छ । काठमाडौँ खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईका अनुसार आजदेखि काठमाडौँ उपत्यकामा दैनिक करीब ८ करोड लिटर खानेपानी वितरण हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस