दाङमा बस दुर्घटना,दुईको मृत्यु अन्य १८ घाइते
दाङको घोराहीदेखि लमहीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाकाे घोराही उपमहानगरपालिका-३ मसोतमा बस दुर्घटना भएको हाे । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालका अनुसार लु १ ख ९८६३ नम्बरको बसको ब्रेक फेला भई दुर्घटना हुँदा दुई जना पुरूषको मृत्यु भएको हाे । मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएकाे छ।
दुर्घटनामा परी बसमा सवार १८ जना घाइते समेत भएका छन्।
उनीहरूको प्रहरीले उद्दार गरिरहेको छ। उपचारको लागि घोराही र लमहीतर्फ लगिएको डिएसपी रिजालले जानकारी दिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस