हात्तीको आक्रमणबाट मृत्युु
कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताए । “जङ्गली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ”, उनि भन्छन्, “उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ । जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस