उनापानीमा धारा
लामो समयदेखि कुवाको पानी खान बाध्य हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका वासिन्दाले धाराको शुद्ध पानी पिउन थालेका छन् ।
गाउँपालिका–३ को उनापानीको पाँधे लेकमा रहेका नागरिकले शुक्रबारबाट धाराको शुद्ध पानी पिउने सुविधा पाएको स्थानीय छक्क फडेराले बताए। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग र ग्रामीण जनउत्थानको प्राविधिक सहयोगमा खानेपानी निर्माण गरिएपछि उक्त ठाउँका स्थानीय खुशी भएका छन् ।
शुक्रबारबाट धारामा पानी झरेपछि सम्पूर्ण नागरिकले सो सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । सो ठाउँको गुसाँ मूलको पानी ल्याएर पाँधेलेकमा झार्दा यहाँका स्थानीय पानीको स्रोतमा जोडिएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस