बस दुर्घटनामा मृत्यु भएकाको सनाखत
दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।
दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए । घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस