• जीवनशैली | Jiwanshaili
  • आजको माैसम कस्ताे रहला? चैत्र २२ गते


    हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
    देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    आज दिउँसो देशको प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     

    यस्तै आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस