बारपाकमा जीप दुर्घटना हुँदा दुईको मृत्यू, सात जना घाइते
गोरखाको बारपाकमा जीप दुर्घटनामा परी दुई जनाको मृत्यू भएको छ भने सात जना घाइते भएका छन् ।
घटना स्थलमा उद्धारमा खटिरहेका स्थानीय टेकबहादुर गुरुङका अनुसार लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा दुईजनाको मृत्यू भएको हो ।
‘अहिले भर्खरै दुर्घटना भएको हो । दुईजना मरिसकेका छन् । सातजनालाई उतारेर बसमा हालेर अस्पताल पठाउने तयारी भइरहेको छ’, गुरुङले भने, ‘प्रहरी पनि भर्खरै आइपुगेका छन् । मृतक र घाइतेको नाम ठेगाना केही पनि खुलेको छैन ।’
जीप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको उद्धारमा खटिएका अर्का स्थानीय कुमार गुरुङले बताए ।
घटना बारे जानकारी पाउने बित्तिकै इलका प्रहरि जौबारीका इन्स्पेक्टरको कमाण्डमा जौबारी र प्रहरी चौकी बालुवाबाट टोली खटिएका जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । जीपमा ९ जना युवाहरु मात्र सवार रहेका स्थानीयले बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस