कोरोना विरुद्द खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु
कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो ।
खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा। धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरू गरिएको हो । डा। अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृत्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् ।
तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान शुरू गरेको बताइएको छ । नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् ।( यो समचार समाचारपत्र दैनिकमा छ)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस