• जीवनशैली | Jiwanshaili
  • नेपाली बजारमा विद्युतीय बाइक


    नेपाली इन्जिनियरहरुको टोलीले तयार पारेको विद्युतीय बाइक नेपाली बजारमा आउने भएको छ । यात्री मोटोरसाइकल्स ग्रुपअन्तर्गत युवा इन्जिनियरहरुको एक टोलीले उक्त विद्युतीय बाइक निर्माण गरेका हुन् ।

    नेपालमै डिजाइन, इन्जिनियरिङ तथा निर्माण भएको उक्त विद्युतीय बाइकलाई ‘प्रोजेक्ट जिरो’ नाम दिइएको छ । निर्माण टोलीले यसमा कटिङ एज पावरट्रेन, क्लास लिडिङ भेहिकल सफ्टवेयर तथा ईन-हाउस डेभलपमेन्ट प्रोवेसको प्रयोग गरेको बताएको छ ।

    दुई घण्टाको फुल चार्जमा उक्त बाइकले २३० किलोमिटर रेन्जसम्म यात्रा गर्दछ । ८ किलो वाट प्रतिघण्टाको ब्याट्री क्षमता रहेको यो बाइकमा ३.३ किलो वाटको अनबोर्ड चार्जर रहेको बताइएको छ ।

    आगामी २३ अप्रिलमा प्रोजेक्ट जिरोको युनिटलाई आफ्नो वेबसाइटमा सार्वजनिक प्रदर्शनीका लागि राख्ने यात्री मोटरसाइकल्सले बताएको छ । कम्पनीलका अनुसार इच्छुक व्यक्तिहरुले अर्डर दिएर २३ अप्रिलदेखि डाउन पेमेन्टमा बाइक खरिद गर्नसक्ने छन् ।


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस