• जीवनशैली | Jiwanshaili
  • ६ वर्षीय वालककाे हत्यारा १२ वर्ष पछि पक्राउ


    ६ वर्षीय एक वालकको हत्या गरी फरार रहेका ३८ बर्षीय राम प्रसाद चौधरीलाई प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रेहेका गोदावरी नगरपालिका ६ खैरानाका अभियुक्त चौधरीलाई शनिबार पक्राउ गरेको हो ।

    २०६५ जेठ २४ गते राम प्रसादको खेतमा रहेको फलफुल आरु खान गएका सोही ठाउँ बस्ने ६ वर्षीय लक्ष्मण चौधरी समेतका ५–६ जना केटाकेटीहरुलाई राम प्रसादले कुटपिट गर्दा लक्ष्मणको मृत्यु भएको थियो । उक्त घटनापछि फरार रहेका उनलाई सोही नगरपालिका ७ मगरटोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस