• जीवनशैली | Jiwanshaili
  • भारतमा माओवादी आक्रमण: २२ सुरक्षाकर्मीको मृत्यु, ३२ घाइते


    माओवादीको आक्रमणमा परी भारतको छत्तीसगढमा शनिबार २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    बिजापुर जिल्लामा शनिबार सुरूमा माओवादीहरूले एम्बुस आक्रमणमा गरेका थिए । त्यसपछि दुबैतर्फबाट गोली हानाहान भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

    ‘नक्सलवादी विरूद्धको अपरेशनमा सुरक्षाको संयुक्त टोली गस्ती जाँदा तरेम क्षेत्रमा गोलीबारी भएको थियो । माओवादी र सुरक्षाकर्मीबीच चार घन्टा गोलीबारी भएको छत्तीसगढका मुख्यमन्त्री भुपेस बाघेलले बताए ।

    ‘नक्सलवादी र सुरक्षाकर्मीबीच चार घन्टा गोलीबारी भएको थियो । नक्सालवादीहरूको ठूलो क्षति भएको छ,’ मुख्यमन्त्री बाघेलले भने ।

    माओवादीले सुरक्षाकर्मीहरूको दुई दर्जन बढी हतियारहरूसमेत लुटेको टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

     


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार