चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु
चिनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।
घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस