आगलागीबाट महिलाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो ।
साथै उक्त आगलागीमा परेर उहाँको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस