खुलेन तालाबन्दी
बजाङको दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।
विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन् । विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।
पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको बताए । साथै विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दाबीचमा चार÷पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस