अक्षय कुमार अस्पतालमा भर्ना
भारतीय अभीनेता अक्षय कुमार कोरोना भाइरसको संक्रमणका कारण पोवईको हीरानंदानी अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय माध्यमले जनाएको छ ।
अक्षय कुमार वा उनको टोलीको भने उनी अस्पतालमा भर्ना भएको खबर खुलाएका छैनन् ।
अप्रिल ४ मा अक्षय कुमारले आफू कोविड १९ को शिकार भएको बताएका थिए । उनले ट्वीट गर्दै लेखेका थिए, ‘म सबैलाई जानकारी गराउन चाहन्छु कि मेरो कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ आयो । सबै प्रोटोकल अनुसरण गर्दै मैले आफूलाई अलग गरिसकें । म घर क्वारेन्टाइनमा छु र सबै आवश्यक स्वास्थ्य सेवा लिइरहेको छु । मसँग सम्पर्कमा आउने सबैलाई आफ्नो परीक्षण गराउन र आफैंको हेरचाह गर्न अनुरोध गर्दछु। र म चाँडै आफ्नो कार्यमा फिर्ता आउनेछु ।’
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस