अब फेसबुकमा अनावश्यक कमेन्ट नियन्त्रण गर्नुहोस्
अब फेसबुकमा आफ्नो पोस्ट पब्लिक (सबैले देख्नसक्ने), फ्रेन्ड्स (साथीहरुले मात्र देख्न सक्ने), निश्चित साथीहरुले मात्र देख्न सक्ने वा आफूले मात्र हेर्न सक्नेगरी नियन्त्रण गर्न मिल्ने भएको छ । आफुले पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने भन्ने कुरा समेत नियन्त्रण गर्न सकिने भएको छ ।
यसरी नियन्त्रण गर्नुहोस् आफ्नो फेसबुकको कमेन्टः
सुरुमा फेसबुक एप खोलेर दायाँ कुनामा रहेको तीन वटा धर्सा भएको मेनु बटनमा थिच्नुहोस् । अब थोरै तल स्क्रोल गरेर र सेटिङ एन्ड प्राइभेसी भित्र रहेको सेटिङमा ट्याप गर्नुहोस् । बिस्तारै स्क्रोल गर्दै जानुहोस् र प्राइभेसी अन्तर्गत रहेको पब्लिक पोस्टमा प्रवेश गर्नुहोस् ।
अब त्यसको सुरुमा रहेको ‘हु क्यान फलो मि’ लाई पब्लिक बनाउनुहोस् । त्यसपश्चात पब्लिक पोस्ट कमेन्टमा गएर आफ्नो पब्लिक गरेको पोस्टमा कसले (पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स) कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।
अब फेरी स्क्रोल गर्नुहोस् र पब्लिक प्रोफाइल इन्फोमा जानुहोस् । यसमा तपाईंले आफ्नो सधैं पब्लिक रहने प्रोफाइल पिक्चर, प्रोफाइल भिडियो, कभर फोटो, फिचर फोटो र बायोमा कसले (पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स) लाइक, कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।
पोस्टको कमेन्ट छुट्टा छुट्टै नियन्त्रण गर्ने तरिकाः
आफ्नो मोबाइलमा फेसबुक खोलेर आफूले कमेन्ट नियन्त्रण गर्न चाहेको पोस्टमा जानुहोस् र त्यसको माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा दबाउनुहोस् ।
अब त्यहाँ ‘हु क्यान कमेन्ट अन योर पोस्ट’ अप्सन छानौट गर्नुहोस् । त्यसभित्र रहेको पब्लिक, फ्रेन्ड्स अथवा आफूले मेन्सन गरेको प्रोफाइल वा पेजलाई रोज्नुहोस् । यसरी सेट गरिसकेपछि छनौट गरिएका व्यक्ति वा पेजले मात्र तपाईंको पोस्टमा कमेन्ट गर्न सक्नेछन् । जसका कारण तपाईंका निश्चित पोस्टमा अपरिचित व्यक्तिले कमेन्ट गर्न सक्ने छैनन् ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस