त्रिचन्द्र क्याम्पस अगाडी विद्यार्थीकाे ढुंगामुढा, सवारी आवागमन प्रभावित (फाेटाे फिचर)
मूल्य वृद्धिको विरोध गर्दै काठमाडौँ ने.वि संघले विरोध प्रदर्शन गरेको छ । त्रिचन्द्र क्याम्पस अगाडी गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेप पछि विद्यार्थीहरूले ढुंगामुढा समेत गरेका थिए । स्थिती तनावपूर्ण भए पछि केहि समय अवागमन ठप्प भएकाे थियाे । दरबार मार्गका डि एस पि रामेश्वर पौडेलले केही समयमा स्थिति नियन्त्रणमा लिएको बताए । विद्यार्थीले गरेको शान्तिपूर्ण जलुसमा प्रहरीले हस्तक्षेप गरेको भन्दै ने.वि संघले विरोध गरेको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो ।

आन्दोलनकारीले मूल्य विरुद्ध ढुङ्गा मुढा सहित प्रदर्शन गरेका छन् । के.पि वलिको राजीनामा माग गर्दै ने.वि सङ्घका कार्यकर्ताले चक्काजाम गरेका हुन् । महँगी, भ्रष्टाचार, बलात्कार जस्ता कुकार्यहरू नियन्त्रण हुन नसकेको भन्दै ने.वि सङ्घका कार्यकर्ता सडकमा उत्रिएका छन् ।
आन्दोलनकारिले दरबारमार्ग-घण्टाघर सडक अवरुद्ध गरेका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस