• जीवनशैली | Jiwanshaili
  • नयाँ वर्षको अवसरमा सामसङले ३५ प्रतिशतसम्म छूट दिने


    सामसङले नयाँ वर्ष २०७८ को अवसरमा ‘सुरुवात नयाँ उत्साहको’ योजना अन्तर्गत टिभी, रेफ्रिजेरेटर र वासिङ मसिनमा विशेष छूट दिने भएको छ ।

    कम्पनीले ३५ प्रतिशतसम्म छूट उपलब्ध गराइने जनाएको छ । सामसङले उत्कृष्ट डिजाइन तथा इनोभेसनका साथ क्यूएलईडी, फोरके यूएचडी, फुल एचडी तथा स्मार्ट टेलिभिजनहरु उपलब्ध गराइरहेको छ ।

    यसका साथै फुल एचडी स्मार्ट टिभीहरुमा फुल एचडी रेजोलुसनका साथै स्मार्ट भ्वाइस सुविधा, भ्वाइस असिस्टेन्स तथा पर्सनल कम्प्युटर मोड जस्ता सुविधाहरु पनि रहेका छन् । नयाँ वर्षको अवसरमा ग्राहकहरुलाई साइड बाइ साइड, डबल तथा सिङ्गल डोर रेफ्रिजेरेटरहरुमा पनि विशेष छूटको व्यवस्था गरिएको छ ।

    यसै अवसरमा कम्पनीले निश्चित प्रडक्टहरुको खरिदमा निःशुल्क जडान सुविधा समेत प्रदान गरेको कम्पनिले जनाएको छ । यो योजना यही चैत १९ देखि ११ जेठ, २०७८ सम्म लागु हुनेछ ।

    कम्पनीका अनुसार नेपालभर रहेका सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको डिलर नेटवर्कमा मात्र यो योजना लागु हुने छ ।


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस