• जीवनशैली | Jiwanshaili
  • मेघगर्जनरचट्टयाङ्ग सहित पानी पर्ने


    आज चैत्र २४ गते मंगलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन रचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

    देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

     

    यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस