तीनवटा नगरपालिकाले काठमाडौँमा एकीकृत बस्ती विकास गर्दै
काठमाडौँका तीनवटा नगरपालिकाले पूर्वोत्तर काठमाडौं नयाँ सहरी विकास आयोजना गठन गरी एकीकृत बस्ती विकास कार्य सुरु गरेका छन् ।
काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती बढ्दै जाँदा ढल, खानेपानी, सडक, फोहोर व्यवस्थापन पार्क र पार्किङलगायतका दीर्घकालीन समस्याको अन्त्य गर्दै सुविधासम्पन्न सहर निर्माण गर्ने उद्देश्यले बस्ती विकासको काम अगाडि बढाइएको हो ।
कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाले एकीकृत बस्ती विकास कार्य सुरु गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं। १, २, ३, ४ र गोकर्णेश्वर नगरपालिकाको वडा नं। १, २, ४ र शङ्खरापुर नगरपालिकाको वडा नं। ९ का २६ हजार रोपनी क्षेत्रफलको जमिनलाई ल्यान्डपुलिङ गरी एकीकृत रूपमा बस्ती विकास गर्न लागिएको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाले कुल लागतको ५०, गोकर्णेश्वरले ३५ र शङ्खरापुर नगरपालिकाले १५ प्रतिशत लागत बेहोर्ने गरी बस्ती विकासका काम अगाडि बढाउन लागिएको कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । पूर्वी काठमाडौँ, नयाँ सहरी विकास आयोजना क्षेत्रअन्तर्गत अहिले सुन्दरीजलको दक्षिण बागमती नदीको दायाँबायाँ तर्फको करिब पाँच सयदेखि छ सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढाइएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस